संविधान जलाउने मकवानपुरका दुईसहित पाँच जना पक्राउ

तु खबर संवाददाता
२०७९ आश्विन ३, सोमबार १५:५९
सांकेतिक तस्बिर

काठमाडौं । संविधानविरूद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार माइतीघर मण्डलामा ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा बारा घर भई थानकोट बस्ने २५ वर्षीय निश्चल अधिकारी, पर्वत घर भई बनस्थली बस्ने ४६ वर्षीय चन्द्रप्रकाश पौडेल, मकवानपुर घर भई धापासी बस्ने ४४ वर्षीय रमेश बानियाँ, धादिङ घर भई कोटेश्वर बस्ने ३२ वर्षीय सन्तोषकुमार सिलवाल र मकवानपुर घर भई कलंकी बस्ने १६ वर्षीय आषिक खतिवडा रहेका छन् ।