हेटौंडा उपमहानगरद्वारा ३० वटा सहकारीलाई कोपोमिस तालिम

तु खबर संवाददाता
२०७९ आश्विन २, आईतवार १९:००

मकवानपुर । हेटौंडा उपमहानगरपालिका भित्र रहेका सहकारीलाई कोपोमिस (सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तालिम दिईएको छ । सहकारीहरुमा रहेको बेथिती हटाउनका लागि उपमहानगरपालिकाले नगर भित्रका ३० वटा सहकारीलाई पहिलो चरणको तालिम दिइएको हो ।

दुई दिने तालिमको समापन गर्दै कार्रबाहक नगर प्रमुख राजेश बानियाँले तालिमले सहकारी व्यवस्थापनमा भुमिका खेल्ने बिश्वास व्यक्त गरे । ज्ञान भनेको बाड्ने र बढाउने हो तालिम प्राप्त गरेपछि सहकारीको बिकासमा काम गर्ने बताए । अहिले सहकारीको कारोवारमा समस्या देखिने गरेपनी सुधार गर्नका लागि उपमहानगरपालिका लागिरहेको बताए । अहिले २२४ सहकारीलाई नयम्वन र अनुगमनको काम स्थानिय सरकारले गरीरहेको बताए ।

शिक्षा तथा आर्थिक बिकास महाशाखा प्रमुख गंगाधर रिमाल, आर्थिक बिकास महाशाखाका गंगा चौलागाई, प्रशिक्षक डिल्लीराम पोखरेलले मन्तव्य राखेका थिए ।