बालिका बलात्कारको आरोपमा युवक पक्राउ

तु खबर संवाददाता
२०७९ आश्विन २, आईतवार १५:२६
सांकेतिक तस्बिर

काठमाडौं । भक्तपुरमा बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–७ का १९ वर्षीय अशोक भन्ने अनिश भुजेल रहेका छन् । उनलाई १३ वर्षकी बालिका बलात्कारको आरोपमा पक्राउ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भुजेलले आफू काम गर्ने भक्तपुर नगरपालिका–१ दुधपाटीको मम एण्ड पिज्जा हाउसमा बोलाई बालिकालाई विभिन्न प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको उजुरी प्रहरीसमक्ष परेको थियो । सोही उजुरीको आधारमा उनलाई ललितपुर महानगरपालिका–९ भुलढोकाबाट पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।