हेटौंडा–१४ को उत्तरपानी टोलमा स्ल्याब ढलान सुरु, उपमेयरद्वारा उद्घाटन

तु खबर संवाददाता
२०७९ भाद्र ३०, बिहीबार १७:००

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को उत्तरपानी टोलमा जनप्रनिधि निर्वाचित भइसकेपछि पहिलो स्ल्याब ढलान सुरु भएको छ । करिब १० लाख रुपैयाँ लगातमा १ सय २० मिटर स्ल्याब ढलान बिहीबारबाट सुरु भएको हो ।

उक्त स्ल्याब ढलानको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले गरेका हुन् । उनले स्ल्याब ढलानको उद्घाटन गर्दै हेटौंडा–१४ उपमहानगरपालिकाको १९ वटै वडामध्ये उत्कृष्ट वडा भएको बताए ।

उनले १४ नम्वर वडालाई पहिलो वडा बनाउन वडाध्यक्षले धेरै मेहेनत गरेर विकास गरेको गर्दै प्रसंशा गरे । उनले हिजोको दिनमा निर्वाचनमा जो जसरी हिडेपनि अबको दिनहरुमा पार्टीगत कुरा नभई विकासका लागि आफुले गर्नुपर्ने सहयोग र पुर्वाधारहरुको कुरामा सम्पुर्ण पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी, वडाका वडाध्यक्ष दिपक खड्काले आफ्नो वडाका बाटोको स्ल्याब ढलान र आवश्यकता अनुसार चौडा गर्ने कार्यमा आफु जुटिरहेको बताए । उनले चुनाव सकेपछि विकासमा कुनै राजनिती नगरी १४ नम्वर वडालाई उत्कृष्ट बनाउन लागिपर्ने बताए । उनले वडालाई सफल पार्नका लागि उपमहानगरका उपमेयर बानियाँलाई आग्रह समेत गरे ।