थाई आर्मी कलेजमा गोली लागेर २ जनाको मृत्यु
काठमाडौं । बैंककमा अवस्थित ‘रोयल थाई आर्मी वार कलेज’ मा बुधबार भएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । सो गोलीकाण्डमा ५९ वर्षीय बन्दुकधारीले स्थानीय समयानुसार बिहान ८ः ५५ बजे आफ्ना सहकर्मीहरूलाई गोली हानेका थिए ।
गोली लागेर अर्का एक जना घाइते भएका छन् । घटनापछि उनलाई नियन्त्रणमा लिइएको र गोली चलाउनुको कारण अझै स्पष्ट नभएको सेनाका उपप्रवक्ता सिरिचन नगाथोङले बताएका छन् ।
