निर्वाचन आयोगले १२ राजनीतिक दललाई छलफलमा बोलायो
काठमाडौं । निर्वाचन आयोगले १२ राजनीतिक दललाई छलफलमा बोलाएको छ । राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहिताप्रति प्रमुख राजनीतिक दलहरुले असन्तुष्टि जनाएसँगै आयोगले उनीहरुलाई छलफलका लागि बोलाएको हो ।
आयोगले समसामयिक विषयमा छलफल गर्न प्रतिनिधि र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई बुधबार दिउँसो १२ बजे आयोगको कार्यालयमा छलफलका लागि बोलाएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरुलाई मंसिरको चुनाव प्रचारमा जान नदिने आचारसंहिता राजपत्रमा प्रकाशन गरेपछि सत्तारुढ र प्रमुख प्रतिपक्ष दुवैले असन्तुष्टि जनाएका छन् ।
