थप २०३ जनामा कोरोना संक्रमण, १२६ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप २०३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३०० पीसीआर परीक्षणमा ८७ जना र ३ हजार ७५९ एन्टिजेन परीक्षणमा ११६ जना गरी २०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । हाल देशभर कोरोन भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार २३२ जना रहेको छ ।
