स्रोत नखुलेको ७२ लाखसहित एक युवक पक्राउ

तु खबर संवाददाता
२०७९ भाद्र २८, मंगलवार ०९:१५
सांकेतिक तस्बिर

काठमाडौं । रुपन्देहीको सीमा क्षेत्र सुनौलीबाट स्रोत नखुलेको ७२ लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका दया पथ बस्ने ३८ वर्षका सुभाष सुनार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनलाई भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा उक्त परिमाणको नगद बरामद भएपछि निजलाई पक्राउ गरेको हो । प्रहरीले सुनारको साथबाट नगद ७२ लाख ८० हजार नेपाली रुपैयाँ बरामद गरेको हो ।

सोमबार नेपाली गाडीमा नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले गरेको संयुक्त चेकजाँचमा स्रोत नखुलेको नगदसहित सुनार पक्राउ परेका हुन् ।