बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल जारी

तु खबर संवाददाता
२०७९ भाद्र २७, सोमबार १०:३०
file-photo

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको हो ।

बैठक बिहान ८ बजे बस्ने भनिए पनि ढिलो गरी सुरु भएको हो । यसअघि ११ सदस्यीय कार्यदलले प्रतिनिधि सभा सदस्यका १६५ सिटमध्ये ९० सिटमा मात्रै सहमति जुटेको जनाएको थियो । कार्यदलले सहमति जुटेका र जुट्न बाँकी विषयलाई समेत समेटेर शीर्ष नेतालाई सुझाव दिएको छ ।