स्रोत नखुलेको साढे ७ लाखसहित एक जना पक्राउ
वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको ७ लाख ५३ हजार ३ सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरिया नगरपालिका वडा नम्वर ९ बैरिया विर्ता बस्ने ३५ वर्षीय महम्द रिजवान आलम रहेका छन् ।
वीरगञ्ज महानगरपालिका–२ श्रीराम सिनेमा हल पछाडिको गोरेटोबाट दिउँसो साढे १ बजे उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले उनी सवार प्रदेश २–३–०१२ प २०४६ नम्वरको प्लाटिना मोटरसाइकल रोकी चेकजाँच गरेको थियो । उनले लगाएको जिन्सपाइन्टको खल्तीबाट उक्र रकम बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान भइरहेको जनाइएको छ ।
