एसिया कपमा सट्टेबाजी खेल्ने ४ जना प्रहरीको फन्दामा
विराटनगर । एसिया कप क्रिकेट खेलमा सट्टेबाजी गरेको आरोपमा विराटनगरबाट चार जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो मोरङ विराटनगर महानगरपालिका वडा नं. ११ बाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पिचरा बस्ने ४२ वर्षीय राजेश ठाकुर, २८ वर्षीय रवि सहनी, ३४ वर्षीय नारायण श्रेष्ठ र २३ वर्षीय अजय सहनी रहेका छन् । उनीहरूलाई खेलमा प्रयोग गरिएको ४ थान मोबाइलहरू र १८ हजार ५ सय रुपैयाँ नगद सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।
