थप १५२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र २४, शुक्रबार १७:०७
file-photo

काठमाडौं । नेपालमा थप १५२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार २९४ परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, १ हजार १८६ पीसीआर परीक्षणमा ११० जना र १ हजार १०८ एन्टिजेन परीक्षणमा ४२ जना गरी १५२ जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै, १३३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ४४८ जना रहेको छ ।