दुई कम्पनीले आईपीओ निष्काशनका गर्दै
काठमाडौं । दुई जलविद्युत कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सगरमाथा हाइड्रोपावर र माईखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएका हुन् ।
सेबोनले अनुमति दिएमा सगरमाथा हाइड्रोपावरले १०० अंकित दरका कुल ५४ लाख ८८ हजार कित्ता र माईखोलाले १९ लाख २१ हजार ५६८ कित्ता आईपीओ बिक्री गर्ने भएका छन् । यी दुवै कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको जनाइएको छ ।



