हेटौंडामा पकेट मार्दामार्दै दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले पकेट मार्दामार्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन रत्ननगर–११, टाँडीका ४८ वर्षीय रोज तामाङ र हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ का लक्ष्मण तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा खटिएको टोलीले हेटौंडा बजारबाट पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्काीले जानकारी दिए ।
उनका अनुसार, हेटौंडा–१ जिल्ला प्रहरी कार्यालय अगाडिको मोडमा उपचार गराउन बसामाडीबाट आएको ७७ वर्षीया टेकबहादुर बुढोथोकीको नगद दुई हजार रुपैयाँ पकेट मारेर भाग्दै गर्दाको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
