चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ

तु खबर संवाददाता
२०७९ भाद्र २३, बिहीबार १८:०५
सांकेतिक तस्बिर

जनकपुरधाम । सिरहाबाट प्रहरीले चोरी भएको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । लहानस्थित प्रादेशिक अस्पतालको पार्किङ स्थलबाट चोरी भएको को २६ प १८३६ र लहान १ बाट चोरी भएको स.६ प १७७ नम्वरको दुई वटा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको हो ।

यी दुई मोटरसाइकलसहित लहान नगरपालिका ३ बस्ने २० वर्षीय नवीन कुमार महतो, वडा नम्वर ३ बस्ने २४ बर्षीय राकेश राय र २२ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेका तीनै जनाविरुद्ध चोरी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान गर्ने कार्य गरिरहेको जनाइएको छ ।