गठबन्धनका कार्यदलसहित शीर्ष नेताको बैठक बालुवाटारमा जारी
काठमाडौं । सत्ता गठबन्धनका कार्यदल सदस्यसहित शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । बैठक ३ बजे बस्ने भनिएपनि केही ढिलागरी मात्रै सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।
यसअघि बिहानदेखि कार्यदलको बैठक समेत बालुवाटारमै बसिरहेको थियो । आजको बैठकमा कार्यदलले सिट बाँडफाँटमा भएको सहमतिसहित शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारी रहेको छ ।
