बुधबार ११ अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ भाद्र २२, बुधबार १६:२३

काठमाडौं । आज साताको चौथो अर्थात बुधबार शेयर बजारमा गिरावट आएको छ । उतारचढावकाबीच शेयर बजारमा आज ११.९७ अंकको गिरावट आएको हो । पछिल्लो समय शेयरबजार घट्दो क्रममा छ ।

अघिल्लो दिन २१ अंकले घटेको शेयरबजारमा एक अर्बको कारोबार भएको थिायो । तुलनतात्मक रुपमा आज ११ अंकले मात्रै नेप्से घटेपनि कारोबार अर्बबाट करोडमा झरेको छ ।

नेप्सेमा सूचीकृत २२४ कम्पनीको २९ लाख ४३ करोड ७६९ कित्ता शेयर किनबेच हुँदा ८६ करोड ६२ लाख ३० हजार ५८३ रुपैयाँको कारोबार भएको छ । नेप्से सूचक शुन्य दशमलव ६१ प्रतिशतले घटेर १९३९ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से इन्डेक्स घटेसँगै आज १३ उपसूचक मध्ये म्युचुअल फण्ड सूचक बाहेकका सबै सूचक राताम्य रहेका छन् । सर्वाधिक व्यापार समूहको २.४३ प्रतिशतले घट्न पुगेको छ भने म्युचुअल फण्ड समूह ०.७८ प्रतिशतले बढेको छ ।