शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उतारचढावकाबीच आज मंगलबार नेप्से परिसूचक २१.२२ अंकले घटेर १९५१ को विन्दुमा पुगेको छ ।
आज नेप्से सूचक दोहोरो अंकले घटेपनि कारोबार केही हदसम्म माथि उक्लिएको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३२ लाख ९ हजार ९८३ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १९ करोडमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड समूह बाहेकका सबै सूचक राताम्य छन् । सर्वाधिक फाइनान्स समूह र हाइड्रोपावर समूहको क्रमशः २.१२ र २.०५ प्रतिशतले घटेको छ ।
