देशभर २२१ जना कोरोना संक्रमित थपिए

तु खबर संवाददाता
२०७९ भाद्र २०, सोमबार १६:५१
file-photo

काठमाडौं । नेपालमा २२१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ५८ जनाको नमुना परीक्षणमा २२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना र २ हजार ५३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै देशभरमा सक्रिय संक्रमितको संख्या २ हजार ४४४ जना रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा २०६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । यस्तै, सो अवधिमा थप २ लाख ६९ हजार ६४५ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।