सोमबार सामान्य अंकले घट्यो नेप्से

तु खबर संवाददाता
२०७९ भाद्र २०, सोमबार १६:१९

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक झिनो अंकले घट्न पुगेको हो ।

आज नेप्से कारोबार बन्द हुने बेलासम्म ४.२९ अंकले घटेर १९७३ को विन्दुमा कायम हुन पुगेको छ । शेयर बजारमा गिरावट आएसँगै आज शेयरको मात्रा र कारोबार रकम पनि घटेको छ ।

आज सूचीकृत २२४ कम्पनीको २४ लाख ४४ हजार ३४४ कित्ता शेयर किनबेच हुँदा जम्मा ९० करोड ९९ लाख रुपैयाँमाथि कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स सूचक चम्किएका छन् भने अन्य सबै सूचक राताम्य छन् । सर्वाधिक अन्य समूहको १.०४ प्रतिशतले घट्न पुगेको छ ।