जापान पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा एक महिला पक्राउ
काठमाडौं । जापान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–९ घर भई हाल ललितपुरको बालकुमारी बस्ने ३८ वर्षीय मिना सुब्बा रहेकी छन् ।
सुब्बालाई काठमाडौं उपत्यका अपराध अनुसान्धानको कार्यालयको टोलीले सुविधानगरबाट पक्राउ गरेको हो । उनले वर्किङ भिसामा जापान पठाइदिन्छु भन्दै पीडित व्यक्ति १३ लाख रुपैयाँ लिएर सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको अनुसन्धान कार्यायलयले जनाएको छ ।
