साढे ३९ लाख नगदसहित युवक पक्राउ
काठमाडौं । स्रोत नखुलेको ३९ लाख ५० हजार ५ सय रूपैयाँ नगदसहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका वडा नम्वर ६ का २२ वर्षीय टिकाराम भट्टराई रहेका छन् ।
उनलाई प्रहरी प्रभाग नागढुंगाको टोलीले धादिङबाट काठमाडौं आउँदै गरेको ना ४ ख ९६७४ नम्वरको बसबाट शनिबार उक्त रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
साथै प्रहरीले भट्टराईको साथबाट झोला, नगद र एकथान मोबाइल बरामद गरेको छ । भट्टराईलाई प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
