एकै परिवारका तीन जनाको हत्या, एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ भाद्र १७, शुक्रबार १८:५२

उदयपुर । उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ । जिल्लाको बेलका नगरपालिका–७, का राजकुमार बस्नेतसहित उनकी श्रीमती सरिता बस्नेत र छोरा सुजन बस्नेत हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीले उक्त हत्यामा संलग्न भएको आशंकामा एक जनालाई खुकुरीसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय नरबहादुर बस्नेत रहेका छन् । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।