सत्ता गठबन्धन : कार्यदलको बैठक आज पनि बस्दै
काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगमी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।
प्रतिनिधि सभाका १ सय ६५ तथा प्रदेश सभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुगोमा पुग्न सकेको छैन । हिजो साँझ बसेको गठबन्धन बैठकमा पनि सबै दल आ आफ्नो अडानमा रहेपछि सहमति जुट्न सकेको थिएन ।
नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले २०, राष्टिय जनमोर्चाले २ सिटमा दाबी गरे पछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन ।
