थप २०२ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप २०२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८३३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा ४६२ जना संक्रमण मुक्र भएका छन् भने कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३१३ जना रहेका छन् ।
