दोहोरो अंकले घट्यो शेयर बजार

तु खबर संवाददाता
२०७९ भाद्र ९, बिहीबार १६:०२

काठमाडौं । दुई दिनयता झिनो अंकले बढेको शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १८.३० अंकले घटेर २०३९ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २१९ कम्पनीको ४२ लाख ३४ हजार १३७ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ७१ करोडमाथिको कारोबार भएको छ । शेयरबजार घटेसँगै कारोबार रकम समेत घट्न पुगको छ ।

त्यस्तै, नेप्सेमा रहेका सबै सूचक आज राताम्य छन् । सर्वाधिक आज फाइनान्स समूहको २.०७ प्रतिशतले घट्न पुगेको छ । त्यस्तै, हाइड्रोपावर सूचकको १।५९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको १.५६ प्रतिशतले घट्न पुगेको छ ।

शेयरबजार घटेपनि आज केही कम्पनीको शेयर मुल्य बढ्न पुगेको छ । बिहिबार अपर हेवा खोला हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ भने सर्वाधिक मैलुङ खोला हाइड्रोपावरलको ५.८२ प्रतिशतले घट्न पुगेको छ ।