लेनदेन मुद्दाका एक फरार प्रतिवादी पक्राउ
२०७९ भाद्र ९, बिहीबार ०९:४१
बारा । बारामा लेनदेन मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको प्रसौनी गाउँपालिका–५ बस्ने देवकी साह तेलीका छोरा भादोलाल साह तेली रहेका छन् ।
उनलाई प्रसौनीबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो । पक्राउ परेका साहलाई कैद भुक्तानका लागि कारागार कार्यालय वीरगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ । उनलाई बारा जिल्ला अदालतले २०७९ असार ३ गते लेनदेन मुद्दामा एक वर्ष एघार महिना कैद ठहर गरेको थियो । त्यसलगत्तै उनी फरार रहेका थिए ।
