बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दामा १ करोड १९ लाख जरिवाना हुने फैसला भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पिक्राउ पर्नेमा पूर्वी रुकुम घर भएका ३१ वर्षका अर्जुन बुढाथोकी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उच्च अदालत पाटनले बुढाथोकीलाई २४ दिन कैदमा राख्ने फैसला गरेको छ । भदौ ७ मा सुकेधाराबाट पक्राउ गरेर उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
