महाअभियोग सिफारिस समितिको बैठक : जबरालाई बयानका लागि बोलाउने निर्णय

तु खबर संवाददाता
२०७९ भाद्र ८, बुधबार १७:३३
file-photo

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक सम्पन्न भएको छ । बुधबार बसेको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको छ ।

बैठकले जबरालाई भदौ १५ गते ११ बजे बयानका लागि बोलाउने निर्णय गरेको समितिका सभापति रामबहादुर विष्टले जानकारी दिए । विष्टले जबराअघि अन्य सदस्यहरुसँग पनि बयान लिने काम गरिने बताए । आजको बैठकले समितिको कार्यविधि र कार्यतालिका समेत टुङ्ग्याएको उनले छ ।

समितिले २९ भदौभित्र जबरा बिरुद्धको महाअभियोगबारे अध्ययन टुंग्याउने प्रस्ताव गरेको थियो । समितिले भदौ १८ वा १९ गते प्रतिनिधिसभामा महाभियोग समितिको प्रतिवेदन पेस गर्ने गरी कार्यतालिका बनाएको पनि विष्टले बताए ।