डाका मुद्दाका फरार अभियुक्त प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ भाद्र ७, मंगलवार १७:४९
सांकेतिक तस्बिर

मोरङ । प्रहरीले डाका मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१७ बस्‍ने ५० वर्षीय महमजुवेर मिया रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई मोरङ जिल्ला अदालतमा बुझाइएकोमा अदालतको आदेशले मोरङ कारागार कार्यालय चलान भएको प्रहरीले जनाएको छ ।