सिट बाँडफाँट गर्न बसेको गठबन्धन बैठक निष्कर्षबिहीन

तु खबर संवाददाता
२०७९ भाद्र ६, सोमबार १८:२१
file-photo

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनावमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक आज पनि विना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि निष्कर्ष बिहीन सकिएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

उनले मंगलबार दिउँसो ३ बजे अर्को बैठक बस्ने पनि बताए । ‘गठबन्धन बैठक निष्कर्ष नजिक पुगेको छ । बैठक जारी छ , भोली ३ बजे बस्नेछ’, कार्कीको भनाइ छ । बैठकमा सिट बाँडफाँट र त्यसपछिको अवस्थामा केन्द्रीत रहेर छलफल भएको मन्त्री कार्कीले बताए ।