आज शेयर बजारमा झिनो अंकको गिरावट
काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन ७.७४ अंकले घटेको नेप्से परिसूचक आज ७.३८ अंकले घट्न पुगेको छ ।
नेप्से घटेसँगै आज शेयर बजारमा १ अर्ब ७२ करोडमाथिको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक हिमाल दोलखा हाइड्रोपावरको २८ करोड १८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, रिडी हाइड्रोपावरको ८ करोड ५० लाख, प्राइम कमर्सियल बैंकको ८ करोड ४० लाख, शिवम् सिमेन्ट्सको ५ करोड ५३ लाख रुपैयाँ र अपि पावरको ५ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
