जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

तु खबर संवाददाता
२०७९ भाद्र ६, सोमबार १५:३०
सांकेतिक तस्बिर

काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्ता रहेका प्रहरीले जनाएको छ ।

उनीहरुलाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, ललाई फकाई एवम् डरत्रास देखाई ती बालिकालाई जबरजस्ती करणी गरेको खुल्न आएपछि उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।