हेटौंडामा भदौ ९ गते राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको जिल्ला भेला हुने
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको प्रथम प्रारम्भिक भेला भदौं ९ गते हुने भएको छ । हेटौंडामा पार्टीको प्रथम प्रारम्भिक भेला बस्न लागेको हो ।
गत साउन २७ गते पार्टी सभापति रवि लामिछानेको उपस्थिमा भएको प्रथम प्रदेश स्तरीय भेलाले जिल्लाको संयोजकमा राजकुमार न्यौपानेलाई जिम्मेवारी दिइएको थियो ।
उक्त भेलाले जिल्लाका पालिकाहरुमा संगठन विस्तार हुने पार्टी सचिव रामप्रसाद आचार्य (सुमन) ले जानकारी दिए । उनका अनुसार, भेलाले आगामी निर्वाचनको लागि उम्मेदवारको बारेमा समेत छलफल गरिनेछ । पार्टीले प्रदेश सभाको निर्वाचनमा भने भाग नलिने बताई सकेको छ ।
