महोत्तरीबाट एक मिटरब्याजी पक्राउ

तु खबर संवाददाता
२०७९ भाद्र ५, आईतवार १८:०४
सांकेतिक तस्बिर

काठमाडौं । महोत्तरीमा एक जना मिटरब्याजी आरोपीतिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सीतापुर भंगाहा नगरपालिका वडा नम्वर ५ बस्ने अनिरूद्र साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनलाई प्रहरीले गएराति घरबाट पक्राउ गरेको हो ।

उनीविरूद्ध १० जनाले प्रहरी कार्यालयमा जाहेरी दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ‘उनी नामुद मिटरब्याजी रहेछन्। यसअघि पनि १५ जनाले जाहेरी दिएका रहेछन्। यसपालि पनि ९(१० जनाले जाहेरी दिनुभएको छ ।,’

यस्तै, प्रहरीले तमसुकका कागजातहरू पनि बरामद गरेको छ। उनले लाखौं रकम मिटरब्याजबाट उठाएको प्रहरीले जनाएको छ।अहिले नै कति रकम लिएको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । गृह मन्त्रालयले देशभरि नै मिटरब्याजीबाट पीडित भएकाहरूलाई जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गतेभित्र उजुरी दिइसक्न अनुरोध गरेको छ।