आफ्नै श्रीमती बलात्कार गरेको आरोपमा मकवानपुरका कार्की पक्राउ

तु खबर संवाददाता
२०७९ भाद्र ३, शुक्रबार १७:०३
सांकेतिक तस्बिर

मकवानपुर । आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुरका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ घर भई हाल काठमाडौं बानेशवर बस्ने २५ वर्षीय दिनेश कार्की रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, कार्कीलाई आफ्नै श्रीमातीले दिएको उजुरुको आधारमा पक्राउ गरिएको हो । कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले अनामनगरबाट पक्राउ गरेको हो । ती महिलाले बागबजारमा आफुलाई बलात्कार गरेको भनि उजुरी दिएकी हुन् । कार्कीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले साउन १७ मा पक्राउ अनुमति दिएको थियो । उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।