माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

तु खबर संवाददाता
२०७९ भाद्र ३, शुक्रबार ०९:३४

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि सुरु भएको हो । उक्त बैठकले पदाधिकारीलाई अन्तिम रुप दिने तयारी छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति जुटेमा आजै पदाधिकारी र स्थायी कमिटीले पूर्णता पाउने छ । बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो ।