कहिले आउला चेत ?
निकिता भट्टराई
काम गर्दैनन्
मात्र कुरा नेताका
बस्दैनन् अब मानिस
आशमा नेताका ।
घुस खान बेरै नलागी
बेइमानीका पगरी
गुथेर पचाइरहेका छन्
नेपालीका रगत ।
राहतका नाममा आफ्नै
सन्तानको नाम जोडी
तला थप्न भएका छन् सफल
बाढी पीडित, भूकम्पका
नाममा आएका
सहयोगहरु हराएका छन्
बिच बाटोमै ।
आश्वासन बाढ्न अझै
परेका छैनन् पछि ।
जबसम्म चेत आउँदैन
तबसम्म विकासका पाइलाहरु
बढ्दैनन् अगाडि ।
जनतालाई आश्वासनको बिल्ला लगाउँदै
ए नेता हो
झुटका खेतीमा कहिलेसम्म
बाली लगाउँछौ हँ ?
जुन दिन युवाहरुको ज्वाला विस्फोट हुन्छ
त्यो दिन तिमीहरुको हुन्छ पर्दाफास ।
–निकिता भट्टराई
कक्षा ६
नवोदय शिशु सदन
हेटौँडा ४ कमलडाँडा
