थप ८५२ जना कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ८५२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ३८३ जनामा गरिएको नमुना परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा ३२८ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । अहिले देशभर ५ हजार ४६२ जना सक्रिय संक्रमित रहेका छन् ।
