सत्ता गठबन्धनको कार्यदल बैठक बालुवाटारमा जारी
काठमाडौं । सत्ता गठबन्धनको कार्यदल बैठक जारी छ । प्रदेश र प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचनमा सिट बाँडफाँटको मापदण्ड बनाउन कार्यदलको बैठक केहीबेर अघि सुरु भएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।
बुधबार अपरान्ह ४ बजे बैठक बस्ने भनिए पनि ५ बजेदेखि मात्र छलफल सुरु भएको हो । यसअघि तीन पटक बसेको कार्यदलको बैठक औपचारिकतामै सीमित भएको थियो । यद्यपि २०७४ को आम निर्वाचन र गत स्थानीय निर्वाचनको परिणाम तथा नेताहरुको व्यक्तित्वलाई मध्यनजर गरी सिट बाँडफाँटको मापदण्ड बनाउने विषयमा कार्यदलमा एकमत छ । तर, संख्यात्मक हिसाबले सिट बाँडफाँट हुन सकेको छैन ।
