थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण ३१, मंगलवार १८:२१
file-photo

काठमाडौं । नेपालमा थप ८४८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ५ हजार ६१९ जनामा गरिएको परीक्षणमा ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, मन्त्रालयका अनुसार, सोही अवधिमा संक्रमण कारण एक जनाको मृत्यु भएको छ भने ५२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । नेपालमा हाल ५ हजार २५९ जना संक्रिय संक्रमित रहेका छन् ।