९० किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ

तु खबर संवाददाता
२०७९ श्रावण ३१, मंगलवार ०८:२९
सांकेतिक तस्बिर

सिरहा । लहान प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध गाँजा ९० किलोसहित एम्बुलेन्स चालकलाई पक्राउ गरेको हो ।

प्रहरीले गोप्य सूचनाको आधारमा को १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध उक्त परिणामको गाँजा बरामद भएको प्रहरीले जनाएको हो । पूर्व पश्चिम लोकमार्गमा पूर्व जाँदै गरेको एम्बुलेन्सलाई लहानबाट पक्राउ गरिएको हो । चालक र एम्बुलेन्स गाँजासहित ईलाका प्रहरी कार्यलय लहानमा राखिएको छ । घटनाबारे चालकसँग सोधपुछको काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।