थप ८८८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण ३०, सोमबार १६:२१
file-photo

काठमाडौं । नेपालमा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ५ हजार ७३७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र २ हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ३८७ जना रहेका छन् ।