पारिवारिक विवादमा गोली चल्दा १० जनाको मृत्यु

एजेन्सी
२०७९ श्रावण २८, शनिबार ०९:१०
file photo

काठमाडौं । मोन्टेनेग्रोको सेन्टिज सहरमा पारिवारिक विवादमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको छ । त्यहाँका अधिकारीहरूका अनुसार, विवादपछि एक व्यक्तिले गोली चलाउँदा १० जनाको मृत्यु भएको हो ।

बीबीसीका अनुसार, पारिवारिक विवादका क्रममा एक ३४ वर्षीय बन्धुकधारीले एकै घरका तीन जनाको हत्या गरे । त्यसपछि उनले सोही हतियारको प्रयोग गरी स्थानीय ७ जना व्यक्तिको पनि हत्या गरेका छन् । हतियारसहित आक्रमणमा उत्रिएका ती व्यक्तिलाई एक सर्वसाधारणले गोली हानी हत्या गरेका छन् । त्यसपछि मात्रै आक्रमणको सिलसिला रोकिएको थियो ।