५० जिल्लाका बालबालिकालाई कोभिडविरुद्धको खोप दिइने
काठमाडौं । सरकारले आगामी भदौ महिनामा ५० जिल्लाका ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइने भएको छ । सो उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप आगामी भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौं २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रामा खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
उक्त खोप अभियान भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, उदयपुर, बारा, रौतहट, सर्लाही, बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्यादी, पर्वत, स्याङ्जा, तनहुँ, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, पूर्वी रुकुम, रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख , जाजरकोट, अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलालगायतका जिल्लाहरुमा संचालन हुने मन्त्रालयले जनाएको छ ।
