सत्ता गठबन्धन कार्यदल बैठक : मोडालिटीबारे सकारात्मक छलफल

तु खबर संवाददाता
२०७९ श्रावण २६, बिहीबार १८:०२
file-photo

काठमाडौं । सत्ता गठबन्धनको आज बसेको कार्यदल बैठक सकिएको छ । बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको हो । कार्यदलमा आज छलफल भएको विषयमा पाँच दलले आ–आफ्नो पार्टीभित्र पनि छलफल गर्ने कार्यदलका सदस्य देव गुरुङले बताए ।

गुरुङका अनुसार कार्यदलको अर्को बैठक साउन ३० गते बस्ने छ । उनले विगतमा दलहरूले पाएको मतलाई आधार बनाएर सिट बाँडफाँट गर्ने मोडालिटीबारे पनि छलफल गरिएको बताए ।