कोरोना संक्रमणका कारण एकैदिन ५ जनाको मृत्यु, ८१५ जना संक्रमित थपिए

तु खबर संवाददाता
२०७९ श्रावण २६, बिहीबार १६:४५
file-photo

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण एकैदिन ५ जनाको मृत्यु भएको छ । कोरोनाको पछिल्लो लहरमा एकैदिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो ।

संक्रमणका कारण हालसम्म देशभरका ११ हजार ९८२ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ८१५ जना सङ्क्रमित थपिएका छन् । सो अवधिमा ४ हजार ५३४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६५ जना तथा एन्टिजेन विधिबाट ३५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ४७६ जना सङ्क्रमणमुक्त भएका छन् भने ३१ हजार ७६१ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।