बिहीबार १९ अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ श्रावण २६, बिहीबार १५:४७

काठमाडौं । आज साताको पाँचौं दिन अर्थात बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार खुलेको केही समयसम्म शेयर बजारमा हरियाली छाएपनि मार्केट क्लोज हुने बेलासम्म नेप्से परिसूचक १९ अंकले घटेर २०३७ को विन्दुमा कायम हुन पुगेको छ ।

आज शेयरबजारमा जम्मा १ अर्ब ७६ करोडमाथिको मात्रै कारोबार भएको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७६ करोडमाथिको कारोबार भएको हो । नेप्से घटेसँगै आज कारोबार समेत एक अर्बमा सीमीत हुन पुगेको छ ।

त्यस्तै, नेप्सेमा रहेका म्युचुअल फण्ड समूह बाहेकका सबै सूचक राताम्य छन् । प्रतिशतका आधारमा आज सर्वाधिक फाइनान्स समूहको घटेको छ भने रुपैयाँका आधारमा उत्पादन तथा प्रशोधन समूहको घटेको छ ।