प्रल्हाद लामिछाने नेकपा माओवादीको केन्द्रीय सदस्यमा मनोनित
मकवानपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मकवानपुरका नेता प्रल्हाद लामिछाने मनोनित भएका छन् । नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समितिको सोमबार बसेको बैठकमा लामिछाने केन्द्रीय सदस्य भएको सर्कुलर आएको हो ।
लामो समयदेखि राजनितीमा सक्रिय लामिछाने जनयुद्ध ताका मकवानपुर सेक्रेटरी, राज्य समिति सदस्य, मकवानपुर जिल्ला सह– इन्चार्ज तथा संविधान सभा सदस्य पनि थिए । लामिछाने हाल बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य समेत हुन् ।
लामिछानेसहित मकवानपुरबाट माओवादी केन्द्रको केन्द्रिय सदस्यमा कुमारी मोक्तान, रामनारायण बिडारी, सन्तोष बिष्ट, बिजय गौतम, मानकुमारी नेपाली, प्रमिला पुलामी रहेका छन् ।
