सोमबार दोहोरो अंकले घट्यो शेयर बजार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजार दोहोरो अंकले घट्न पुगेको छ । अघिल्लो दिन झिनो अंकले सुधार देखिएको नेप्से परिसूचक आज १७ दशमदव ६७ अंकले घटेर २१०६ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८५ करोड माथिको कारोबार भएको छ । त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये उत्पादन तथा प्रशोधन समूह र म्युचुअल फण्डमा मात्रै हरियाली छाएको छ भने सर्वाधिक प्रतिशतका आधारमा अन्य समूह र रुपैयाँका आधारमा जीवन बीमा समूहको घट्न पुगेको छ ।



